दमौली ।
प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलि. दमौली शाखाका एजेन्सी म्यानेजर लगायत सकृय अभिकर्तालाई उत्प्रेरणा तालिम प्रदान गरिएको छ ।
इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९÷०८० मा जारी गरेको विमितमैत्री पोलिसीको बारेमाजानकारी गराउने उद्धेश्यले तालिम प्रदान गरिएको दमौली शाखाले जनाएको छ ।
तालिममा दमौली र गोरखाकासकृय अभिकर्ता सहभागी थिए । इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख शिव पौडेलले सहभागी अभिकर्तालाई तालिम प्रदानगर्दै विमा गराउनु भनेको जोखिमलाई न्युनिकरण गर्नु मात्र नभई भावी सन्ततीको आधार समेत भएको बताए ।
विमा गराउनुपर्छभन्ने आमनागरिकमाअझै पनि चेतनाजाग्ननसकेकोले अभिकर्ताहरुले विमाको बारेमाजानकारी गराउनआवश्यक रहेको उनले बताए । भाद्र मसान्त भित्र उत्कृष्ट विमा पोलिसी विक्रि गर्ने अभिकर्तालाई मोटरसाईकल र स्कुटर समेत पुरस्कार रहेको कम्पनीले जनाएको छ ।
तालिमको अवसरमा आर्थिक बर्ष २०७८÷०७९ माउत्कृष्ट कार्य गरी कम्पनीमार्फत विमा गराउन सफल ३० जनाएजेन्सी म्यानेजरहरु लाई दोसल्ला, प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै सवैभन्दा धेरै विमा रकम संकलनगर्ने एजेन्सी म्यानेजर सुर्य श्रेष्ठलाई छालाको झोला र मायाको चिनोबाट सम्मानगरिएको थियो ।
आमनागरिकलाई विमा गराउनअभिप्रेरित गराउन महत्वपूर्ण भुमिकानिर्वाह गरी कम्पनीलाई योगदान पु¥याएको भन्दै शुभचिन्तकप्रताप पण्डितलाई समेत मायाको चिनोले सम्मान गरिएको थियो ।
तालिमपछि कम्पनीले लिएको हित अनुसार सर्वसाधारणलाई विमा गराई आगामी ३० दिनभित्रएजेन्सी म्यानेजर हुने गरी कामगर्न अभिकर्ताहरुले प्रतिवद्धता व्यक्त गरेकाथिए ।
कम्पनीले विमितको हितमाजारी गरेको विमापोलिसीको बारेमाजानकारी दिई अभिकर्तालाई उत्प्रेरित गर्ने उद्धेश्यले तालिमको आयोजनागरिएको कम्पनी दमौली शाखाका प्रमुख भिमसिंह ठकुरीले जानकारी दिए ।