images
images
images

सासंद सिग्देलद्धारा योजनाको अनुगमन

images

भिमाद
प्रतिनिधसिभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का माननिय सासंद केदार सिग्देलले विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
संघीय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोतो मार्ग, सिग्दी खोला पुल मालेवगर पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको वारेमा निरिक्षण तथा अनुगमन गरेका हुन् । जनज्योति क्याम्पस भिमादमा क्याम्पसमा भएको समस्या, प्रगति विवरण र शिक्षाको विषयमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरेका थिए । सो निरिक्षण कार्यक्रममा भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष ईमान सिंह थापा लगायतको सहभागिता रहेको थियो ।


सासंद सिग्देलले भिमाद, सिस्नेरी, भागर मोटरमार्गमा रहेको छिउदी खोलामा मोटरमार्ग पुलमा भएको वजेट विनियोजनको काम, प्रगति विवरण र अवको कामको वारेमा सरकोकारवालासँग समन्वय गरि काम समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए । वजेट निकासा हुने तर समयमा काम सम्पन्न नहुने राष्ट्रिय समस्या भएको हुदाँ यसले आम जनताको जनजिविकामा गम्भिर असर परेकोले समयमा काम सम्म गर्न निर्देशन दिएका थिए । विकास निर्माणमा ढिलासुस्तीले यसको लगानीमा समेत समस्या परेको हुदाँ त्यसमा सवैले सजगता अपनाउनुपर्ने समेत सिग्देलले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS