तनहुँ
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले प्रतिबद्ध रहेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार दमौलीमा आयोजना प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको उनले बताए ।
अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरे । देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोखरेलले भने ।