१७ मंसिर २०८१, सोमबार । Dec 02, 2024
गृहपृष्ठ
समाचार
राजनीति
अन्तरबार्ता
विचार/ब्लग
अर्थ
खेलकुद
मनोरन्जन
शिक्षा
स्वास्थ्य
भिडियो
×
गृहपृष्ठ
समाचार
राजनीति
अन्तरबार्ता
विचार/ब्लग
अर्थ
खेलकुद
मनोरन्जन
शिक्षा
स्वास्थ्य
भिडियो
जिल्ला समन्वय समिति तनहुँका निवर्तमान पदाधिकारी एवं सदस्यहरुलाई बिहीबार विदाईको झकलहरु तस्विरहरु
उद्घोष न्यूज
१२ श्रावण २०७९, बिहीबार ०८:२३
जिल्ला समन्वय समिति तनहुँका निवर्तमान पदाधिकारी एवं सदस्यहरुलाई बिहीबार विदाईको झकलहरु
तस्विरहरु
ट्रेन्डिङ
विश्वराम र सपनाको ‘तिमी आएर नजाऊ’ सार्वजनिक
विराटनगरविरुद्ध भैरहवाको पहिलो जित
केही काम गर्ननसक्ने असफल नेता भन्दै रामचन्द्र पौडेललाई प्रकाशमानले दिए दनक
देउवाविरुद्ध व्यापक माेर्चाबन्दी, शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जादैँ
ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरूको माग
थप समाचार
सबै
स्याब्जाको राक्सेघाट र पवैखोलामा पुल बन्ने
समाचारमा हुन गएको त्रुटि सच्याएर पुन पठाइएको
स्याब्जाको राक्सेघाट र पवैखोलामा पुल बन्ने पोखरा, १५ मंसिर बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याब्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका–५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन् । पुलको शिलान्यासपछि बोल्दै भौतिक मन्त्री केसीले वर्षोंदेखि नबनेको पुल प्रदेश सरकार आएकैले बनेकाले यो खुसीको विषय भएको बताए । धेरैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने गरेको तर जनताले प्रदेश सरकारको महत्व विस्तारै बुझ्न थालेको उनले जिकिर गरे । ।।।धेरैले प्रदेश सरकार काम छैन भनेर सामाजिक सञ्जालतिर लेखेको देख्छु । तर, प्रदेश सरकार नभएको भए पुल बन्न कति समय लाग्थ्यो,’ पवैखोलाको पुल शिलान्यास गर्दै मन्त्री केसीले भने, ।।।त्यसैले प्रदेश सरकार आवश्यक छ वा छैन भन्ने जनताले बुझ्नुभएको छ ।’ पुल निर्माण समयमै सक्न र गुणस्तरमा कुनै कमजोरी नगर्न मन्त्री केसीले निर्माण व्यवसायीलाई आग्रह गरे । संघमा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार जनताका आधारभूत आवश्यकता, पूर्वाधार निर्माणमा सक्रिय रहेको बताए । बाडखोला–पवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्डमा पर्ने पवै खोलामा एक करोड ८६ लाख ९२ हजार रुपैयाँमा मोटरेबल पुल बन्न लागेको हो । बेलधारी–मेथाभुरुब–सुन्तलाबारी–त्रियासी सडकखण्डको राक्सेघाटमा बन्न लागेको पुलको लागत चार करोड ९२ लाख ७१ हजार रु पैयाँ लागतमा रहेको पूर्वाधार कार्यालय स्याब्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । राक्सेघाट खोला पुलको निर्माण २०८२ साल फागुन १२ गतेसम्म सक्ने सम्झौता निर्माण कम्पनी हिमनिर्माण सेवा काठमाडौंले पूर्वाधार विकास कार्यालय स्याब्जासँग सम्झौता गरेको छ । त्यस्तै पवैखोलाको पुल २०८२ साल साउन ६ गतेसम्म सक्ने सम्झौता छ । यो पुल निर्माणको ठेक्का राब्गखोला सिद्धबाबा निर्माण सेवाले पाएको प्रमुख अधिकारीले बताए । राक्सेघाट खोला पुलको शिलान्यासपछि बोल्दै प्रदेश सभा सदस्य सीताकुमारी सुन्दासले आफूहरुले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेको बताइन् । ।।।म चुनावमा यहाँ गाउँमा आएको थिएँ । त्यतिबेला एकजना बुवाले यो खोलामा पुल कहिले बन्छ भनेर सोध्नुभएको थियो । बनाउने हो भनेकी थिएँ । चुनावमा गरेको प्रतिबद्धता पूरा भएको छ,’ उनले भनिन् । प्रदेश सभा सदस्य कल्पना तिवारीले पुल बनेपछि स्थानीयले वर्षोंदेखि खेप्नुपरेको सास्ती हट्ने भन्दै खुसी व्यक्त गरिन् । उनले बेलधारी मेथाभुरुब सुन्तलाबारी त्रियासी सडकको स्तरोन्नति छिटो गर्न आवश्यक रहेको बताइन् । पवैखोला पुलको शिलान्यासपछि बोल्दै सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेलले बाडखोला पवैगौंडे हुँदै कास्की र तनहुँ जान सजिलो हुने भएकाले केही ठाउँमा थप लगानी गर्न आवश्यक रहेको बताए । उनले सडकखण्डको चार किलोमिटर स्तरोन्नति गर्न बजेट विनियोजन गरिदिन आग्रह गरे । नेकपा एमाले र नेपाली कांग्रेस नमिल्दा अस्थिरता, अराजकताको अवस्था पैदा भएको उनले बताए । तर अहिले दुई ठूला दल मिलेकाले विकास निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ थियो । राप्रपा प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुबले पुल एउटा मात्र राजनीतिक दलको पहलमा नभई सबैको पहलमा भएको बताए । बाडखोला– पवैगौंडे सडकमा केही ठाउँमा सडक स्तरोन्नति अति आवश्यक रहेको उनको भनाइ थियो । उनले सडकखण्ड फराकिलो बनाउन बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । राक्सेघाट खोला ३१.२ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको बन्ने छ । पवैखोला पुलको लम्बाइ १५.६ मिटर र चौडाइ ८.४ मिटरको रहने पूर्वाधार कार्यालय स्याब्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।
प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत
ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल र्निविरोध चयन
कलम सहकारीको सम्मान कार्यक्रम
गुगलले डेटा सेन्टर खोल्न फिनल्याण्डमा किन्यो २ करोड ७० लाख यूरोको जग्गा
सहिद स्मृति आवासीय विद्यालय ‘बेस्ट प्लाटुन’ बन्न सफल
© २०२४ सर्वाधिकार सुरक्षित www.udghoshnews.com
Site By:
Nectar Digit