images
images
images

आँबुखैरेनीमा गाजा फडानी अभियान

images

तनहुँ
इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले गाजा फडानी अभियान सुरु गरेको छ । अभियान अन्र्तगत प्रहरीले करिब दुई हजार गाँजाका बोट नष्ट गरेको छ । आँबुखैरेनी गाउँपालिका– २ स्थित एक्लेफाँटको सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको हो । प्रहरी निरीक्षक निरज डाँगीको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको हो । गाँजा फडानी कार्यमा बाह्र जना प्रहरी र बीस जना स्थानीयबासीले सहयोग गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष आश बहादुर गुरुङ्ग र स्थानीयबासीको समेत सहभागिता रहेको थियो ।
तनहुँ प्रहरीले गाँजा फडानी गरी नष्ट गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएको छ । लागूऔषधको रुपमा प्रयोग गरिने गाँजालाई नष्ट गरी मानिसलाई कूलतमा फस्नबाट जोगाउन प्रहरीले उक्त कदम चालेको प्रहरी निरीक्षक डाँगीले बताए । गाँजाका बोट भएका स्थानको बारेमा जानकारी पाउने बित्तिकै प्रहरी टोली घट्नास्थलमा पुगेर फडानी गरी नष्ट गर्दै आएको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS