
चितवन
भरतपुर–१ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ–५ की ४० वर्षिया कल्पना महरा मानव बेचबिखनको अभियोगमा गत शुक्रबार पक्राउ परेकी छिन् ।
अभियुक्त कल्पनाले एक २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अभियुक्त कल्पना महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।