![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2022/07/sp-tanahun.jpg?fit=552%2C495&ssl=1)
दमौली
गण्डकी प्रदेशका ११ जिल्लामा मा तनहुँ जिल्ला फरार अपराधी पक्राउ पर्नेमा उत्कृष्ट जिल्लाको रुपमा रहेको छ ।
तनहुँले जिल्लाले गण्डकी प्रदेशभरीमा गएको श्रावण देखी जेठ सम्म १ सय ७८ जना अपराधिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबावु रेग्मीले बताए । प्रहरी श्रोतका अनुसार गण्डकी प्रदेशमा मनाङ र मुस्ताङमा एक जना पनि फरारा अभिुक्त पक्राउ परेका छैनन् ।
यो अवधिमा तनहुँ पछि सबै भन्दा धेरै कास्कीमा १ सय ४९ जना कास्किमा फरार अपराधी पक्राउमा परेका छन् । अदालतबाट कसुर ठहर भइ सजाए पाएका फरार अपराधी पक्राउमा तनहुँ गण्डकी प्रदेशमा अगाडी रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
प्रहरीले फरार अपराधीलाई पक्राउ गर्नका लागि मातहातका विशेष टोली खटाएको छ । विभिन्न कारणले फरार अपराधीहरुको खोजी कार्य कठिन भएपनि अभियान संचालन गरेर तनहुँमा सबैबन्दा धेरै पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार अपराध गरेर फरार भएका अपराधीहरुको लामो समय सम्म पक्राउ नपर्नुमा वास्तविक र नागरिकताको नाम फरक÷फरक, बसाइ सराइ गरी विकट र सहरी क्षेत्रमा बसोवास, रोजगारीको सिलसिलामा अन्यन्त्र जिल्ला तथा विदेश गएको, मृत्युलगायतका कारण कठिनाई पर्ने गरेको छ । पक्राउ परेका फरार अपराधीहरु कर्तव्य ज्यान मुद्दादेखि लिएर गालीबेइज्जती मुद्दासम्मका रहेका छन् ।