images
images
images

व्यास नगरपालिकामा बिषयगत समिति गठन

images

तनहुँ
व्यास नगर कार्यपालिकाको वैठक बुधबार सम्पन्न भएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले बिभिन्न समितिहरु गठन गरेको नगरपालिकालले जनाएको छ । बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, दफा ६७ बमोजिम बजेट तथा कार्यक्रम समिति, दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति तथा बिभिन्न विषयगत समितिहरु गठन गरेको छ ।

बैठकले साझेदारी विकास कोष समिति, नगर विकास समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजकमा नगर प्रमुख वैकुण्ठ न्यौपाने रहेका छन् । स्थानीय राजश्व परामर्श ,अनुगमन समिति र वजेट तथा कार्यक्रम समितिको संयोजकमा उप प्रमुख ईन्दिरा दरै रहेकी छन् ।

यस्तै आर्थिक विकास समिति – संयोजकमा रमेशचन्द्र हड्खले, पूर्वाधार विकास समिति संयोजकमा मन बहादुर गुरुङ, सार्वजनिक सेवा सुशासन समिति संयोजकमा सुरेश थापा, विधायन समिति संयोजकमा खेमराज पोख्रेल, सामाजिक विकास समिति (संयोजकमा काजिमान श्रेष्ठर वन तथा वातावरण समिति संयोजकमारनसिं नेपाली रहेका छन् ।

बैठकले एकीकृत जग्गा विकास आयोजना व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ भने आर्थिक २०७९/ ८० का लागि प्रत्येक वडाले विभिन्न शिर्षकहरुमा रकम विनियोजन गर्ने गरी १ करोड २५ लाख बराबरको वडाको वजेट सिलिङ निर्धारण गर्ने निर्णय गरेको छ । बजेट विनियोजन गर्दा टोल विकास संस्था लगायत अन्य सामाजिक संस्थाहरुबाट प्राप्त भएका योजनाहरु मध्येबाट छनौट गरी वडा समितिमार्फत २०७९ जेठ ३० गतेभित्र नगरपालिकामा योजना प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । बैठकले विपद् अन्तरगत वाढि पहिरो बाट क्षतिग्रस्त घर, बाटो, खानेपानी लगायतका संरचनाको तत्काल पुनर्स्थापनाको व्यवस्था मिलाउने निर्णय गरेको व्यास नगरपालिकाका सुचना अधिकारी गोकर्णरा वाग्लले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS