दमौली
तनहुँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट व्यास नगरपालिकामा उप मेयर पदकी उम्मेदवार मनुमाया श्रेष्ठ घरदैलो अभियानमा रहेकी छन् ।
जनआन्दोलकी सक्रिय महिला नेतृको रुपमा रहेकी श्रेष्ठको उम्मेदवारीलाई व्यास नगरपालिकामा बिशेष चासोका साग समेत हेरिएको छ । लामो समय देखि तनहुँको महिला हक अधिकार र सामिाजिक क्षेत्रमा काम गरेकी श्रेष्ठले व्यास जनताले आफुलाई विश्वास गर्नेमा अशावादी रहेको बताइन् । लोकतान्त्रिक आन्दोलनको मुल्य मान्यता स्थापित गर्न ,बिकास र समृद्ध व्यास नगर बनाउन नगर उपप्रमुख पदको उम्मेदवार भएको श्रेष्ठले बताइन् ।
घरदैलो अभियानमा रहेको एकीकृत समाजवादीले व्यास नगरपालिकाका बिभिनन भागमा चुनाव प्रचारमा ब्यस्त रहेको उनको सचिवालयले जनाएको छ । व्यास नगरपालिकालमा एकिकृत समाजवादीले मेयरमा उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा आएर फिर्ता लिएको थियो । एमालेबाट विभाजित भई गठन हुन पुगेको एकीकृत समाजवादीले तनहुँका बिभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।