
सोतीपसल
नेपाली काँग्रेस मध्यनेपाल नगरपालिका वडा नं १ को अध्यक्षमा विजय पौडेलले प्रचारमा जुटेका छन् ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले पार्टीका पूर्व जिल्ला सदस्य एवम् क्षेत्रीय प्रतिनिधी पौडेललाई वडा अध्यक्षको उम्मेद्धारको रुपमा प्रस्तुत गरेको हो । सप्तधारा माध्यामिक विद्यालय जीताका पूर्व शिक्षकसमेत रहेका पौडेल जीताको मुहार फेर्नका लागि आफुले अध्यक्ष पदमा उम्मेद्धारी दिएको बताए । जीता गाविस वडा नं ३ देउराली निवासी पौडेल लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकोको तालमेल रहेको छ ।