
दमौली
व्यास नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार काशीराम श्रेष्ठले घरदैलो अभियान सुरु गरेका छन् ।
यस अघि समेत अध्यक्ष रहेका श्रेष्ठले वडाको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले वडा नं. २ का बिभिनन क्षेत्रका स्थानीयसँग मत मागेका छन् । व्यास नगरपालिका वडा नं २मा स्वतनत्र तर्फबाट दुई जना उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलाई एकिकृत समाजवादीको सर्मथन रहेको छ भने दिर्घ बहादुर थापालाई नेकपा एमालेको सर्मथन रहेको छ ।