damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

कोत्रे–दुलेगौंडा सडकखण्ड मर्मत गर्न प्रशासनको आदेश

दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वी राजमार्गको गाछेपानी–कोत्रे खण्ड तत्काल मर्मत गरी धुलो नउड्ने बनाउन सडक योजना कार्यालयलाई पत्राचार गरेको छ ।
जिल्ला प्रशासनले मंगलबार मुगिलन पोखरा सडक योजना पश्चिम खण्डको कार्यालय पोखरालाई पत्राचार गर्दै पिच बिग्रिएर धुलो उड्ने ठाउँमा नियमित पानी छर्न अनुरोध गरेको हो । यस्तै खाल्डाखुल्डी परेका सडक तत्काल मर्मत गर्न, भत्किएको सडकमा ग्रेडर रोलिङ गर्न र सडक सुधारको काम थालनी गर्दा कोत्रे–गाछेपानी खण्डबाट शुरु गर्ने व्यवस्था मिलाउन समेत पत्रमा अनुरोध गरेको छ ।
भत्किएको पृथ्वीराजमार्गमा उड्ने धुलो, हिलो र खाल्डाखुल्डीले सास्ती दिएको भन्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल संग समस्या बारे छलफल गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीले समस्या समाधान हुने वचन दिएकाले तत्काल आन्दोलन स्थगित गरिएको स्थानीय शंकर पन्तले जानकारी दिए । उनका अनुसार समस्या समाधान नभए पुन आन्दोलन थालिने छ । दैनिक १४ सय बढि सवारी साधन चल्ने सडकको दुरावस्थाका कारण स्थानीय र यात्रुले कष्ट भोग्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala