images
images
images

अधिकारीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन

images

तनहुँ
नेपाली कांग्रेस तनहुँले जिल्ला सचिव सहदेव अधिकारीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
नेपाली कांग्रेस निर्वाचन प्रकास समिति गठन केन्द्रिय कार्यालयको निर्देशन तथा जिल्ला कार्य समिति तनहुँले बिहीबार पार्टी सभापति जीत प्रकाश आलेको सभापतित्वमा बसेको बैठकले अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो । बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत सृजना गरी पार्टीका उम्मेदवारलाई विजय गराउन समिति गठन भएको नोपली कांग्रेस तनहुँले जनाएको छ ।
समितिमा पार्टीका प्रवक्ता हरि वाग्ले सचिव,महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि एवं पार्टीका क्रियाशिल व्यक्ति,सदस्य रहने गरी निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको प्रवक्ता वाग्लेले जनाएका छन् ।
नेपाली कांग्रेस तनहुँको बैठकले क्षेत्र,प्रदेश,पालिका र वडा एवं टोल समितिहरुमा पनि सभापतिको नेतृत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गर्न अनुरोध गर्न निर्णय गरेको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS