images
images
images

पत्रकार न्यौपाने र वाग्ले एन्फा तनहुँद्वारा सम्मानित

images

तनहुँ । तनहुँ जिल्ला फुटबल संघ (एन्फा)को सोमबार आँबुखैरेनीमा आयोजित साधारण सभा तथा अधिवेशनमा पत्रकारद्वय कृष्ण न्यौपाने र मदन वाग्ले सम्मानित भएका छन ।

सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रबद्र्धनमा सहयोग पुर्याए बापत एन्फा तनहुँले न्यौपाने र वाग्लेलाई सम्मान गरेको हो ।

एन्फाले साधारणसभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ ।

न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) का तनहुँ प्रतिनिधि हुन ।

वाग्ले रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं प्रादेशिक खबर दैनिकका प्रधान सम्पादक हुन ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी र अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले संयुक्त रुपमा पत्रकार न्यौपाने र वाग्लेलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेका हुन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS