दमौली,तनहुँ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागिपरेको बताएका छन्। उनले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइल तयार गरिएको जानकारी दिए।
उपरीक्षक कार्कीका अनुसार, आपराधिक गतिविधिमा संलग्नहरूको पहिचान गरी उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ।
“हामीले संलग्न व्यक्तिहरूको रेकर्ड राखेर प्रोफाइल बनाएका छौं, पहिचान भइसकेकाहरूविरुद्ध मुद्धा चलाएका छौँ,” उनले भने। उनले थपे, ‘यदि यस्ता गतिविधिसँग सम्बन्धित जाहेरी प्राप्त भएमा समेत सम्बन्धित व्यक्तिलाई कानूनी दायरामा ल्याइनेछ l’ प्रहरी प्रशासनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न शून्य सहनशीलताको नीति अपनाएको उनको भनाई छ।


सुशील लामगादे बि.क. 












