images
images
images

तनहुँमा नेकपा एमाले र जोशी समुहबीच तालमेल एमाले नेताहरुमा असन्तुष्टि

images

तनहुँ

तनहुँमा नेकपा एमाले र पुर्वमनत्री गोविन्दराज जोशी समुह बीच चुनावी तालमेल भएुँगै नेकपा एमालेका कार्यकताहरु अन्तुष्टि बढेको छ । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि जोशी समुहसँग तालमेल गरेको नेकपा एमालले व्यास नगरपालिकामा मेयर दिपकराज जोशीलाई दिने सअमति भएको थियो ।
सहमतिका क्रममा व्यास नगरपालिकाका वडा नं. २ १२,१३ र १४ नम्वर वडा जोशीलाई दिने सहमति भएको थियो । व्यास नगरपालिकाको वडा नं. २१ जोशी समुहलाई दिने सहमति सँगै नेकपा एमालेका नेता कार्यकताहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । वडा न. २का नेताहरुले पार्टी कार्यालयमा समेत केही बेर दुई वडा नछोड्न आग्रह गरेका थिए । त्यस क्रममा पार्टी कार्यालयमा भनाभन समेत भएको थियो । व्यास नगरपालिकाको १२ नं. वडा नेकपा एमालेको धेरै सदस्य भएको वडा समेत हो । २०७४ को निर्वाचनमा वडा अध्यक्षमा ७४ भोटले मात्र एमालेका उम्मेदवार पराजय भएको थियो ।यो वडा गठबन्धनको क्रममा जोाशी असन्तसष्टी ब्यक्त गरेका छन् ।
व्यास नगरपालिका मातहत रहेका चौध वडा मध्ये चार वटा वडा जोशी समुहलाई दिने मोटामोटी सहमति भएको बुझिएको छ । नेकाँ पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई एमालेले व्यासको मेयरमा उम्मेद्वार बनाई चुनावी मैदानमा छन् । एमालेले व्यासमा मेयर सहित चार वडा दिने भनिएपनि एमालेको तर्फबाट केही उम्मेद्वारहरु रुष्ट भएर सोमबार आक्रोशित भएपछि निर्णय सार्वजनिक नगरिएको एक जिल्ला सदस्यले बताए ।
तनहुँ क्षेत्र नं १ को दश वटा वडाहरु जोशी समुहलाई दिने निर्णय पनि अन्तिम अवस्थामा पुगेको बुझिएको छ । व्यासको मेयर,बन्दिपुर गाउँपालिकामा उपाध्यक्ष,आँबुखैरेनीमा उपाध्यक्ष,भानुको उपमेयर जोशी समुहलाई दिने सहमति पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS