images
images
images

जापान जान लागेकी तनहुँ भानुकी एक युवती त्रिभुवन विमानस्थलमा गोलीसहित पक्राउ

images

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको हो ।

‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS