images
images
images

तनहुँमा टाइफाइड रोग विरुद्धको चैत २५ देखि खोप अभियान संचालन हुने

images

तनहुँ । तनहुँमा टाइफाइड रोग विरुद्धको खोप अभियान संचालनका हुने भएको छ । आगामी चैत २५ गतेदेखि खोप अभियान सुरु हुने जिल्ला स्वास्थ्य कार्यालयले तनहुँले जनाएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय तनहुँले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तथा योजना गोष्ठि सुरु गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले टाइफाइड विरुद्धको खोप अभियानबारे समाजलाई बुझाउनुपर्ने बताए ।

खोपका बारेमा अफवाह फैलाउने प्रवृत्ति कायम रहेको बताउँदै प्रजिअ पोख्रेलले कोभिङ, खोप अभियाले आम मानिसमा खोपबारे सकारात्मक सोच भने विकास भएको बताए । पहिलो चरणमा पाँच पालिकाका ७० बढी स्वास्थ्यकर्मिहरुको सहभागितामा दुई दिने अभिमुखीकरण प्रदान गरेको छ ।

खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यकर्मीलाई योजना निर्माण सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

अभिमुखीकरणका क्रममा स्वास्थ्यकर्मीलाई कोल्डचेन व्यवस्थापन, आपूर्ति, खोपकेन्द्र निर्धारणका बारेमा जानकारी गराइनेछ । तनहुँमा नियमित खोपको प्रगति अवस्था न्यून रहेकाले खोपलाई प्रभावकारी बनाउनुपर्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीले टाइफाइड खोपको औचित्यका बारेमा जानकारी गराए । १५ वर्षमुनिका बालबालिकामा टाफाइडको बढी जोखिम हुने भएकाले उक्त उमेर समूहका बालबालिकालाई खोप दिन लागिएको उनले बताए । तनहुँमा चैत २५ गतेदेखि शाखा खोप अभियान सञ्चालन हुबेछ यसकममा ७५ हजार लक्षित समुहलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS