तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नँ ४ काे नवनिर्मित वडा कार्यलय भवनको उद्घाटन भएको छ । भवनको म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।
भवनको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सुन्दर ठाउँमा , सबैलाई पायक पर्ने गरि राजमार्गको छेउमा वडा कार्यलय भवन बन्नु सबै वडा बासिहरूका लागि खुसिकाे कुरा भएको बताइन् । रानाले वडा कार्यालय उद्घाटन गर्दा डेराबाट घरमा सरेको जस्तो खुसिकाे अनुभव भएको बताइन् ।
गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने भन्ने साेचेर काम गरेपनि काेभिड तथा ठेकेदारका कारण ६ र ७ नम्बर वडा सम्पन्न गर्न नसकिएको रानाले बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवस्यक संरचना बनाउन जग्गा खाेज्ने क्रममा अन्य ठाउँमा भन्दा याे ठाउँ उपयुक्त लागेको बताए । १० शैयाकाे हस्पिटल , गाउँपालिकाकाे प्रशासनिक भवन यहि ४ नम्बर वडामा बन्नु यसैपनि वडाबासिका लागि खुसिकाे कुरात छँदै थियो भन्दै घिमिरेले अहिले वडाको नयाँ भवन निर्माण सम्पन्न सँगै उद्घाटन भइ सञ्चालनमा आउनु अर्को सुखद पक्ष भएको बताए । नेपाली काङ्ग्रेस नक्कली कुरा गरेर जनतालाई भ्रम फैलाउन जान्दैन , जति सकिन्छ त्यति बाेलिन्छ घिमिरेले भने ।
राज्यको पुनर्संरचना भयो , तीन तहको शासन व्यवस्था निर्धारण भयो , यसमा म्याग्दे गाउँपालिका गठन गर्न सक्यौं घिमिरेले भने । तर गठन अगाडि धेरै झन्झट बेहाेर्याैँ भन्दै घिमिरेले साविक जामुने लाई व्यासतिर , मनपाङ र छाङ लाई शुक्लातिर मिसाउने हाैवा चलाइयाे , तर त्यसाे गर्न हुँदैन भनेर लागिपर्याैँ र मात्रै गापा गठन गर्न सक्याै , घिमिरेले भने ।
जनप्रतिनिधि भएर आएपछि निति नियम एन कानुन बनाउँदै भाैतिक पुर्वाधार, बाटाेघाटाेकाे काम अगाडि बढाउँदै लग्याैं , कार्यलयमा आधुनिक प्रविधि भित्र्यायाैँ ,जनताको काम सहजरूपमा गर्ने वातावरण मिलाउँदै लग्याैँ,। जसको कारण सेवाग्राहीलाई केही सहज भएको छ ,घिमिरेले भने । कार्यक्रममा म्याग्दे गाउँपालिकाका
प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले ०७७ / ०७८ र ०७८ / ०७९ काे दुबै बर्ष पुर्वाधार बर्ष काे रूपमा लिएकाे बताए । अधिकारीले कुल लागत ८७ लाख ५७ हजार मध्ये ४५ लाख ३० हजार ९ सय २४ ( भ्याट बाहेक ) मा भवन निर्माणकाे लागि देउराली विल्डर्सले ठेक्का लिइ सम्पन्न गरेको बताए । अधिकारीले बिकास र समृद्धिकाे लागि गाउँपालिका निरन्तर रूपमा लागिरहेको , शुसासन , मितब्ययिता , पारदर्शिता , प्रविधि मैत्री बन्दै समन्वय र सहकार्यका साथ काम गरेको हुँदा आन्तरिक स्वमुल्याङ्कनमा प्रथम हुन सफल भएको बताए ।
सेवा प्रभाहमा सरलता सहजता र छिटोछरितो गरेका छाैं, स्राेतकाे केही अभाव भए पनि हामीले क्षमताले भ्याएसम्म काम गरेका छाैँ प्रमुख अधिकारीले भने । गाउँपालिकाले १२५ वटा कार्यपालिका बैठक सम्पन्न भएको अधिकारीले जानकारी दिए । तनहुँमा मात्रै हाेइन म्याग्दे लाई नेपालमै प्रथम बनाउने गरि काम गरिरहेको उनको भनाइ थियो ।
म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा श्रीबहादुर थापा , शिवबहादुर अाले , बद्रीका घिमिरे , ज्याेति कुमार श्रेष्ठ , गाैरबराज राना , कुमारी राना , बालकृष्ण श्रेष्ठ , विस्णुकुमार श्रेष्ठ , दिपक श्रेष्ठ , चन्द्रमणि अधिकारी , मिनराज अधिकारी , लगायतका बक्ताहरूले बाेलेका थिए । भवन उद्घाटन कार्यक्रमकाे गाउँपालिकाका याेजना शाखा प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए ।