तनहुँ
क्षेत्रीय होटल सँघ तनहुँले केही समय अगाडि दमौलीमा आगलागि हुँदा क्षति भएको एक होटललाई नगद सहयोग गरेको छ । दमौलीको तनहुँसुर मिनिमार्केट भित्र फेमिलि होटल सञ्चालन गरि बस्ने जमुना गुरूङको होटल मा आगलागि भएको दिन सामान निकाल्ने क्रममा सबै सामान क्षति भएको थियो । आगोलागी भएर क्षती नभउपनि पुर्ण प्रभावित भएको र व्यवसायीलाई अफ्ट्यारो पर्दा थोरै भए पनि सहयोग गर्नु मानविय धर्म सँगै संस्थाको दायित्व भएकोले सहयोग गरिएको दमौली बजार इकाई सभापति शंकर अधिकारीले बताए ।
यतिका दिन भैसक्दापनि व्यवसाय सञ्चालनमा आउन सकेको छैन , सबै सामान हराउने , फुट्ने र काम नलाग्ने भएको छ , यस्तो अवस्थामा संघमा आवद्ध केही साथीहरू बाट स्वस्फूर्त रूपमा संकलन गरि १० हजार प्रदान गरेका हौं अधिकारीले भने । यो रकम सामान्य हो ,।रकम सानो भए पनि पिडित प्रति सहानुभूति टक्र्याउँदै सान्त्वना दिनु ठुलो कुरा हो , हामी घटना भएको दिनदेखि उहाँ सँगै छौँ अधिकारीले भने । सहयोग वितरण कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाही , बरिस्ठ उपाध्यक्ष बिकास खनाल , सीता पहाडी , विनिता सेढाई लगायतको उपस्थिति रहेको इकाई सचिव अनुप दाहालले बताए । संघको भेटघाट ,।सहानुभूति र सहयोग प्रति होटल सञ्चालक जमुना गुरूङले धन्यवाद दिएकि थिइन् । सँघले यश अगाडि पनि आफ्नो व्यवसायीलाई समस्या पर्दा विभिन्न सहयोग गर्दै आएको छ ।