images
images
images

माओवादीको गण्डकी प्रदेश सहसचिवमा तनहुँका न्यौपाने निर्वाचित

images

तनहुँ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको दोस्रो समितिकाे दाेस्राे पूर्ण बैठकले नयाँ पदाधिकारी चयन गरेको छ ।

जसअनुसार तनहुँका अतिन्द्र केशरी न्यौपाने सहसचिवमा चयन भएका छन ।

माओवादी केन्द्र गण्डकीका अनुसार प्रदेश अध्यक्षमा गायत्री गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन ।

यस्तै उपाध्यक्ष त्रयमा पर्वतका गुणाखर बस्यालले १२० मत, बागलुङका ज्ञामनाथ गैहेले ९३ मत र नवलपुरका मित्र शरण शर्माले ९० मत पाएर निर्वाचित भएका छन ।

त्यस्तैगरी सचिवमा गोरखाका जगन्नाथ खनालले १०० मत पाएर निर्वाचित भएका छन ।

यस्तै सहसचिव त्रयमा तनहुँका अतिन्द्र केशरी न्यौपानेले ११३ मत, म्याग्दीका टेक बहादुर बिकले १०८ मत र लमजुङका मेख बहादुर भण्डारए १०४ मत प्राप्त गरी निर्वाचित भएका छन ।

यसैगरी कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाए ११९ मत पाएर निर्वाचित भएका छन ।

images