तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित अमर सिंह माध्यमिक विद्यालयमा २९ जना सिमान्तकृत चेपाङ छात्रछात्राहरुलाई झोला, जुता र मोजा वितरण गरि सहयोग गरेको छ ।
भिक्टोरिया डान्स एण्ड एक्टीङ स्कुलको बिहानी ग्रुपले सहयोग गरेको उक्त झोला जुता र मोजा पाएपछि चेपाङ विद्यार्थीहरु खुशि भएका छन् ।
साना नानी बाबुहरु खुट्टामा लगाउने जुता र चप्पल नहुँदा विद्यार्थीहरु कहिले स्कुल नै नआउने र आए पनि खाली खुट्टा आउने गरेकोले शिक्षक दल बहादुर थापाले बताएकाले ग्रुपका सदस्य बालकृष्ण आलेको पहलमा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा लिनबाट बालबालिकाहरु बञ्चित हुन नपरोस भन्ने उद्देयले फजुल खर्च जोगाएर विद्यार्थीलाई झोला र जुत्ता सहयोग गरेको बताए ।
विद्यालयमा अधिकांश विद्यार्थीहरु चेपाङ समुदायबाट आउने भएकाले उनीहरुको पारिवारिक आर्थिक समस्याले गर्दा कति विद्यार्थीहरु भर्ना भएपनि विद्यालय नआउने र आए पनि विच विचमा खाना खाएको छैन भनी विदा मागेर घर जाने र भोका लाग्यो भनी पढाइमा रुचि नराख्ने कति पय विद्यार्थीहरु विद्यालय छाड्ने गरेको जाँच दिन मात्र आउने गरेको विद्यालयका शिक्षकहरु बताउछन् ।
विद्यालयका प्र.अ. बाबुराज वाग्लेले सहयोग गर्ने ग्रुपलाई धन्यवाद दिदै यस्ता विद्यार्थीहरुका लागी झोला र जुताले पनि विद्यार्थीहरुको पढाइ प्रति उत्साह थप्ने र विद्यलयमा केही समय देखी दिवा खाजा दिने व्यवस्थाले गर्दा पनि सानानानी बाबुहरुमा विद्यालय आउने साथीभाइसँग घुलमिल भई पढ्ने बानीको विकास भएको बताए ।
परिवारको आर्थिक अवस्थाको कारण यस समुदायका कतिपय विद्यार्थीहरु बाल विवाह गरी पढ्ने सानै उमेरमा पारिवारीक झमेला परेका छन् ।
पढ्नु पर्छ भन्ने कुरा थाहा हुँदा हुदै पनि आर्थिक समस्याले गर्दा वाध्यतावस विद्यालय छाड्न परेको घरको कामले गर्दा विद्यालयमा नियमित आउन नसकेको चेपाङ विद्यार्थीहरु बताउछन् ।
विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष गंगा घर्तीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सहजीकरण शिक्षक दल बहादुर थापा मगरले गरेका थिए ।