तनहुँ । तनहुँको भिमादमा पानीको कुवामा डुबी एक महिलाको मृत्यु भएको छ ।
शनिबार अन्दाजी १२ बजेको समयमा जिल्लाको भिमाद नगरपालिका वडा नं.३ माझकोट पिपल भन्ज्याङ बस्ने ४६ वर्षीया यम कुमारी थापा कुवामा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाको आफ्नै घरको पश्चिम तर्फ रहेको पानीको कुवामा पानी लिन भनी गएकोमा उनी सोही कुवामा डुबी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना बारे थापाको श्रीमान केयर सिंह थापाले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएका थिए ।
भिमादबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का पश्चात मृत शव पोस्टमार्टमका लागी भिमाद स्वास्थ्य चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।