images
images
images

क्षेत्रीय हाेटल संघ दमाैली इकाईद्वारा जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न र फलफूल वितरण

images

तनहुँ । क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईले वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

फागु पुर्णिमकाे अवसर पारेर आयाेजित सहयोग वितरण कार्यक्रममा चामल, नुन, तेल, तरकारी, फलफुल लगायतका सामाग्री वितरण गरिएको क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईका सचिव अनुप दाहालले जानकारी दिए ।

महिलाद्वारा संचालित व्यास नगरपालिका-५ स्थित चापाघाटमा रहेको आश्रममा हाल ५ जना बृद्भबृद्धा रहेको आश्रमकि सचिव निर्मला मल्लले बताइन् ।

क्षेत्रीय हाेटल संघ तनहुँ दमाैली बजार इकाईका सभापति शंकर अधिकारीकाे सभापतित्वमा सञ्चालित सहयोग वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विकास खनाल, आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आले, हाेटल संघका जिल्ला सदस्य गणेश केसी, सीता पहारि, भावना रानाभाट, सन्तोष दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण प्रति आश्रम परिवारले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि साथ सहयोग र हाैसलाकाे अपेक्षा गरेको आश्रमकि सचिव मल्लले बताइन् ।

हाेटल संघले यस अगाडि पनि विभिन्न समयमा विभिन्न ठाउँहरूमा सहयोग कार्यक्रम गर्दै आएकाे छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS