अन्जान परियार, तनहुँ । कपडा तथा सिलाई व्यवसायी संघ तनहुँ को प्रथम अधिवेशनबाट अध्यक्षमा राम बहादुर गुइदेल सर्वसम्मत चयन भएका छन ।
सोमबार दमौलिमा सम्पन्न अधिवेशनले गुइदेलको नेत्तृत्वमा ११ सदसीय कार्यसमिती गठन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र कुमार परियार, सचिवमा मन बहादुर रतन, सह-सचिवमा अन्जान परियार, कोषाध्यक्षमा पदम राज परियार, सदस्यहरुमा बसन्ती श्रेष्ठ ,शिव बहादुर परियार, बिनिता श्रेष्ठ, बिमला नेपाली, दिनेश घले र रमेश अर्याल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष हरि बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला कार्यसमितीलाई महासंघ बाट सहयोग गर्दै अघि बढ्ने बताए ।
व्यवसायी र पेशाकर्मिले सिजन अनुसार तालिम लिएर सीप वृद्धि गरि व्यवसायीक आधुनिकीकरणमा गर्नु जोड दिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले थपे ‘यो संस्था व्यवसायिको हितमा काम गर्ने प्रमुख संस्था हो ।’
यसैगरी महासंघका केन्द्रिय सदस्य एवम गण्डकी प्रदेश संयोजक किसान सेवाले व्यवासायमा सबै भन्दा सम्मानित पेसाको रुपमा हाम्रो पेसा लाई लिइने बताएका थिए । यो पेसामा लाग्नेको संख्या बढ्दो क्रममा रहेकोले ब्यवसायी सबैले संघमा आबद्द भइ सस्थाको नियम भित्र रहेर ब्यवसाय गर्नुपर्ने जानकारी दिए।
यस्तै अर्का अतिथी महासंघका केन्द्रिय सदस्य रामबहादुर घलेले आफू हमेसा जिल्लाको अभिभावकिय भुमिकामा रहने बताएका छन।
यस्तै राष्ट्रिय फेसन डिजाइन प्रशिक्षक कृष्ण कुमारी अधिकारि, संघका प्रदेश सदस्यहरु नरेन मित्रकोटी, ममता बस्याल, सहितको उपस्थिती कार्यक्रममा राष्ट्रिय सीप बिकास तनहुँका संयोजक रमेस सेवा र सस्थाको तर्फ बाट अन्जान परियारले पनि आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम सन्चालन राम बहादुर गुइदेलले गरेका थिए भने स्वागत मन्तब्य राजेन्द्र कुमार परियारले गरेका थिए।
कार्यक्रममा तीन दिने फेसन डिजाइनर तालिमका सहभागीहरु लाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । यस्तै सस्थापक अध्यक्ष भेगराम परियार र प्रशिक्षक कृष्ण कुमारी अधिकारीलाई महासंघ केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।