तनहुँ । कम्युनिटि सर्पोट ग्रुपको आयोजनामा व्यास नगरपालिका नगर स्तरीय बैठक सम्पन्न भएको छ ।
व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने, उप प्रमुख मिरा जोशी, व्यास नगरपालिका वडा नं. २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सुईद्वारा लागुऔषध प्रयोगकर्ताहरुमा क्षती न्यूनिकरण, एच. आई .भि. संक्रमितहरुका लागि उपचार, हेरचाह, सहयोग र विपत्त जोखिम न्यूनिकरण विषयमा कम्यूनिटी सर्पोट ग्रुपका विनय पौडेल क्षत्रीले प्रस्तुतीकरण गरेका थिए ।