images
images
images

प्रेस चौतारीको केन्द्रीय कमिटीमा तनहुँबाट ३ जना चयन

images

तनहुँ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा तनहुँबाट तीन जना चयन भएका छन् । गण्डकी प्रदेशको पोखरामा शनिबार सम्पन्न नवौं महाधिवेशनबाट तनहुँका तीन जना केन्द्रीय कमिटीमा चयन भएका हुन् ।

तनहुँबाट प्रकाशचन्द्र भट्टराई केन्द्रीय सदस्यमा चयन भएका छन् । उनी खुल्लातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।

यस्तै प्रेस चौतारी नेपालको अनुशासन आयोगमा नारायण खड्का र समुन्द्र पौडेल सर्वसम्मत चयन भएका हुन् । आयोगको सदस्यको हैसियत केन्द्रीय कमिटी सदस्य सरह हुन्छ । तीन जना नै यसअघि केन्द्रीय कमिटी सदस्य थिए ।

images