images
images
images

टिम नेपोद्वारा निशुल्क स्वास्थ्य तथा आँखा शिविर, २५० स्थानीय लाभान्वित

images

तनहुँ । टिम नेपो तनहुँले व्यास ६ रत्नज्योति आधारभुत विद्यालयमा शनिबार बृहत स्वास्थ्य एवं आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य र १०० जनाको आँखा परीक्षण गरी २५० जनाले स्वास्थ्य लाभ लिएका थिए ।

दमौली स्थित समाधान अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा व्यास ६ वडा सदस्य ढाल प्रसाद घिमिरे, विद्यालयका प्रध्यानाध्यापक देवराज गुरूङ, कुमार गुरूङ, जीवन गुरूङ, संजित पतेनिभाट, साँझा टोल विकास संस्थाका अध्यक्ष सौकात अलि मिया, तल्लो साझा चनौटे टोल विकास संस्थाका अध्यक्ष फजर अलि मिया, एकीकृत साझा युवा क्लवका अध्यक्ष युवराज गुरूङ, विध्यालय अविभावक संघका सदस्य सोमराज गुरूङ, समाधान हस्पिटल प्रमुख डा. रामचन्द ठकुरी, नेत्र सहायक संयोजक लक्ष्मी चौधरी र मोनिका गुरूङ रहेका थिए ।

कार्यक्रममा बोल्दै वडासदस्य घिमिरेले टिम नेपोले गाउँ गाउँमा पुगेर निशुल्क स्वास्थ्य तथा आँखा शिविर संचालन गर्नु सराह्रानीय भएको बताए ।

सदरमुकाम देखि नजिक रहेर पनि पछाडि रहेको आफ्नो गाउँ टोललाई मध्यनजर गरी शिविर संचालन गरिएको प्रति धन्यवाद व्यक्त गरेका थिए ।

त्यसैगरी स्वास्थ्य शिविरमा प्रेसर, सुगर र ब्लड गु्रप लगायत स्वास्थ्य परीक्षणको साथै निशुल्क औषधी बितरण गरिएको थियो ।

शिबिरमा आँखा जाँच निशुल्क चेक जाँच तथा अौषधि वितरण गरिएको थियोे । महिलाहरुलाई आवश्यक पर्ने सेनिटरिप्याडको पनि बितरण गरिएको थियो ।

टिम नेपो तनहुँका अध्यक्ष मीन बहादुर कुवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संञ्चालन टिम नेपो तनहुँका कोषाध्यक्ष रमेश नेपालीले र कार्यक्रमका संयोजक टिम नेपोका इडिटर उमेश पौडेलले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS