images
images
images

पूर्वी नवलपरासीमा पल शाहको बयान जारी

images

गैंडाकोट। जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ ।

मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।

शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले रातोपाटीलाई बताए ।

शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हुनाले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुपर्दैन । बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने डिएसपी गिरीले जानकारी दिए ।

नाबालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS