images
images
images

तनहुँको बाइसजाँगरमा टायर बालेर डुम्रे-बेसिशहर सडकखण्ड अवरोध

images

तनहुँ । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका स्थानीय वासिन्दाले विद्यालयको लापारबाहीले विद्यार्थीको मृत्यु भएको भन्दै सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो ।

बाइसजाँगर घर भएका श्रेष्ठ फ्युटरस्टारकै होस्टेलमा बसेर पढ्दै आएका थिए ।

बिदाको दिन वार्डेनले नै लगेर नियोजित रुपमा पौडी खेल्न लगाएको र मृत्युको कारण वार्डेन साथै विद्यालय परिवार रहेको पीडितपक्षको आरोप छ ।

सडक अवरोधले बुधबार बिहानैदेखि यातायात सेवा ठप्प रहेको छ ।

बाइसजाँगरका स्थानीय बासिन्दाले टायर बालेर सडक अवरोध गरेका हुन् ।

स्थानीयको प्रदर्शनले डुम्रे–बेंसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ ।

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । उक्त समितिले आवश्यक परे वार्ता गर्ने स्थानीय हृदय भट्टले बताए ।

स्थानीयको विभिन्न माग राखेर सडक अवरोध गरेको र डुम्रेबाट आएका सवारी साधन बाइसजाँगरमा रोकिएको बताए ।

होस्टेलका विद्यार्थीलाई जवर्जस्ती पौडी खेल्न लगेको, पौडी खेल्न अगाडि धकेलेको, आफन्तलाई थाहै नदिइ शव लगेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । विरोधमा प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको भन्दै स्थानीय थप आक्रोसित बनेका छन् । उनीहरुले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न संगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानविन गरी कारबाही गर्न माग गरेका छन् ।

घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले मंगलबार साँझ विद्यालयको २ वटा बस र एउटा भ्यानको सिसामा तोडफोड गर्नुका साथै स्कुलको गेटमा समेत भत्काएको प्रहरीले बताएको छ ।

प्रदर्शन बढ्दै गएपछि अस्रुग्यास र हवाइ फाइर प्रहार गर्दै लाठीचार्ज समेत गरेको थियो ।

बुधबार ठूलो संख्यामा आएर विद्यालय नै जलाउने तयारीमा लागेको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार होस्टेल वार्डेन शिक्षक सरोज अमलिया र संगै गएका एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS