images
images
images

वृद्धावस्थाका सासु-ससुराको हेरचाह गर्ने बुहारीलाई म्याग्दे गाउँपालिकाद्वारा ‘असल बुहारी’ सम्मान

images

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट बुहारीलाई सम्मान कार्यक्रम गरेको छ ।

११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकाले असल बुहारी छनौट गरी सम्मान गरेको हो ।

वृद्धावस्थामा पुगेपछि घरमा हेला गर्ने क्रम बढेको भन्दै असल व्यवहार गर्ने गाउँपालिका भित्रका तीन जना बुहारीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

सकारात्मक सन्देश दिने उद्धेश्यले सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

सम्मानित हुनेमा म्याग्दे ७ कि नन्दुमाया थापा र म्याग्दे ४ कि चन्द्रकुमारी कुमालले अशक्त अवस्थामा रहेका एकल पुरूष ससुरा बुवालाई झण्डै १ दशक देखि स्याहारसुसार गर्दै आएका छन ।

यसैगरी म्याग्दे ७ की उमा सेनलाई पनि उत्कृष्ट बुहारी सम्मान गरिएको छ ।

सेनले बिरामि भइ ५ बर्षदेखि ओछ्यानमा थलिएकी सासू आमा कृष्ण कुमारी सेनलाई माया ममताका साथ पाल्दै आएकी थिइन् ।

महिला दिवसको दिन गाउँपालिकाबाट पुरस्कृत एवं सम्मानित भएपछि सेनले यो सम्मानले अझै जिम्मेवारी बढाएको बताइन् ।

घरको सदस्यको हेरचाह गर्दा गाउँपालिकाले उच्च मुल्यांकन गरेको हुँदा ज्यादै खुसी लागेको सेनले बताइन् ।

कार्यक्रममा अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत ५० जना सुत्केरी महिलालाई पोषण भत्ता बापत रू ३ हजारका दरले वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

यस्तै, गाउँपालिकाका उत्कृष्ट स्वयंसेविकाहरू वडा नं १ की विष्णुमाया थापा, वडा नं ४ की रिता राना र वडा नं ७ की गंगादेवी श्रेष्ठलाई गाउँपालिकाले सम्मान गरेको छ ।

यस्तै, उत्कृष्ट नर्सिङ सेवामा नर्सिङ इन्चार्ज पार्वती श्रेष्ठ लाई सम्मान गरिएको छ ।

विभिन्न विधामा सम्मान गर्ने क्रममा एसइइमा उत्कृष्ट अंक ल्याउने महेन्द्र माविकी छात्रा मोनिका सुनार , मीन माविकी सपना परियार, दिपिका श्रेष्ठ, कमला श्रेष्ठ र कलाकार अरूणा गन्दर्भलाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।

यस्तै वडा नं ५ की सचिव मिरा अधिकारीलाई उत्कृष्ट कर्मचारीमा सम्मान गरिएको गाउँपालिकाकी महिला शाखा प्रमुख सारदा गैह्रे पौडेलले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले१ सय १२ वर्ष अगाडिको लामो आन्दोलन यता आजको दिनसम्ममा महिलाको पक्षमा धेरै उपलब्धि हासिल भएको बताए ।

नेपालको सन्दर्भमा पनि महिलाको सहभागीतामा ३३ प्रतिशत भन्दा बढि सहभागीता अनिवार्य हुनुले महिला पुरूष समान अवस्थामा जाँदै गरेको काफ्लेको भनाइ थियो ।

गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले महिला दिवसको दिन विशेष र महत्त्वपूर्ण रहेको बताइन् ।

‘हामीले महिला अधिकारको लागि धेरै लड्यौं, जेलनेल खायौं अनि बल्ल सफल भयौं ।’ अध्यक्ष रानाले भनिन् , त्यसैको परिणाम आज गर्वका साथ दिवस मनाउन पाएका छौं ।’

गाउँपालिका अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीज वडा नं ६ का अध्यक्ष बसन थापा, कार्यपालिका सदस्य बद्रीका भट्टराई, काङ्ग्रेसका रामभक्त घिमिरे , माओवादि केन्द्रका बालकुमार श्रेष्ठ, राप्रपाका सीता थापा, रत्ना घिमिरे , रामकुमारी केसी, सीता घिमिरे, सहकारीका कमला खनाल, नरमाया आले, चन्द्रमणि अधिकारी, चिनिमाया थापा, सरस्वती वाग्ले, फुलमाया नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS