तनहुँ । पोखरा निवासी कृष्णप्रसाद खनालले जीवन बीमा गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
खनाल कल्सटेन्सीका प्रमुख कार्यकारी अधिकृत खनालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दमौली शाखामा जन्मदिनको अवसरमा एक करोडको जीवन बीमा गरेका छन् ।
कम्पनीको सेवासुविधा मन पराएर जीवनको आर्थिक सुरक्षाका लागि बीमा गरेको खनालले बताए ।
सोमबार खनालको घरमै पुगेर कम्पनीका दमौली शाखा प्रमुख जगदीश काफ्लेले पोलिसी हस्तान्तरण गरेका छन् ।