तनहुँ । लायन्स क्लब अफ पोखरा हिमालयनले शनिबार सरस्वती सदन माध्यमिक विद्यालयमा बृहत आँखा तथा स्वास्थ्य शिविर गरेको छ ।
सो शिविरबाट १ सय ७६ जना स्थानीय लाभान्वित भएको क्लबले जनाएको छ ।
जिल्लाको भानु नगरपालिका-५ स्थित विद्यालयमा उक्त शिविर गरेको क्लबले जनाएको छ ।
गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा दिनको लागी शिविरको आयोजना गरिएको लायन्स पोखरा हिमालयनका अध्यक्ष लक्ष्मी प्रसाद द्वाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल ठकुरीले गाउँका स्थानीयलाई शिविरले राहत पुगेको बताए ।
आँखा राेग, मुटु राेग, ग्यास्ट्रिक, ढाड तथा नशा लगायतका समस्या भएका बिरामीहरुलाई शनिबार लायन्सले स्वास्थ सेवा दिएको सरस्वती सदन माविका प्रधानाध्यापक बाबुराम रानाभाटले जानकारी दिए ।
उक्त शिविरमा हिमालयन आँखा अस्पताल पोखरा, मेधा कार्डिक केयर एण्ड डाइग्नोस्टिक सेन्टर पोखरा र पद्म नर्सिङ होम पोखराको प्राविधिक सहयोग रहेको थियो ।
वरिष्ठ आँखा रोग विषेश डा.इन्द्रमान महर्जन, विद्यालयका प्रअ बाबुराम रानाभाट लगाएतले शुभकामना मन्तव्य राखेका थिए
कार्यक्रमको संचालन क्लबका सचिव विष्णु कायस्थले गरेका थिए ।