images
images
images

मोहोरियाटारमा करेन्ट लागेर नेपालीको मृत्यु

images

तनहुँ । तनहुँ व्यास नगरपालिका वडा नं. १ मोहोरियाटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-१ का ६८ वर्षीय ओम बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नौ घर देखी ६०/७० मिटर तल खोलाबाट पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाइते भएका नेपालीको उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS