images
images
images

दुवै प्रमाण पल विरुद्ध जन्म दर्ता अनुसार पीडित नाबालिग, मेडिकल रिपोर्ट आयो

images

तनहुँ पल शाहले बलात्कार गरेको आरोप लागेको पीडित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।
ुजन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।ु

प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए।

तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पीडित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि बलात्कार भने नगरेको दाबी गरे पनि दुवै प्रमाण उनी विरुद्ध देखिएको छ।

नाबालिग गायिकाले पल विरुद्ध बलात्कारको जाहेरी दिएपछि पाँच दिन लुकेर उनी आइतबार प्रहरी कार्यालय पुगेर सरेन्डर गरेका थिए। प्रहरीले सात दिनको अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा घटनास्थलको मुचुल्का, बयान लगायतको प्रक्रिया जारी रहेको अनुसन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ।

उकेराडटकमबाट साभार

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS