अन्जन परियार । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँले महासंघको समन्वयमा ३ दिने फेसन डिजाइन सम्बन्धि सीप बिकास तालिमको दमौलीमा सुरुवात गरेको छ ।
व्यवसायीहरुको सीप बिकासमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा घरेलुमा दर्ता भइ ब्यवसायी संघमा आबद्ध भएका हरुले मात्र तालिममा भाग लिन पाउने संघका कोषाध्यक्ष राम बहादुर रतनले जानकारी दिए । उनले १८ देखि २० गते सम्म दमौलीमा र २१ देखि २३ गते सम्म भिमादमा कार्यक्रम गर्ने जानकारि रतनले दिएका हुन ।
तेस्रो तह मान्यता प्राप्त राष्ट्रिय प्रशिक्षक तनहुँका रमेश सेवा परियार र दोश्रो तह मान्यता प्राप्त प्रशिक्षक नवलपुरकि कृष्णा कुमारी अधिकारी ले सहभागी २५ जना प्रशिक्षार्थीहरु लाई लेडिज पाइन्ट, बलाउज र लेहेङ्गगाहरु सिलाई एवं कटिङ्ग गर्न सिकाइएको बताए ।
संघको तनहुँ समितिका उपाध्यक्ष राजेन्द्र कुमार परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका स्थायी समिती सदस्य एबम गण्डकी प्रदेशका संयोजक किसान(सेवा) परियार, अतिथिमा महासंघका केन्द्रिय सदस्य एवं सीप बिकास प्रबर्द्धन समितिका सहसंयोजक राम बहादुर घलेको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य बसन्ती थापा र कार्यक्रम संचालन राम बहादुर गुइदेलले गरेका थिए ।