images
images
images

तनहुँमा निर्वाचन पर्यवेक्षण समिति पुर्नगठन, संयोजकमा सोनी शर्मा

images

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षणको लागि तनहुँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को शाखा पुर्नगठन गरिएको छ ।

आईतबार दमौलीमा आयोजित भेलाले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा ११ सदस्यिय जिल्ला स्तरीय पर्यवेक्षण समिति गठन गरेको छ ।

समितिको सह संयोजकमा गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र कोषाध्यक्षमा दलित पत्रकार संघका पुर्णबहादुर विके चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नेपाल एकिकृत ग्रामिण विकास केन्द्रका ऋषिकान्त दुवाडी, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) की केन्द्रीय सदस्य मिला दरै, पत्रकार महासंघ तनहुँका सदस्य उपेन्द्र खनाल, जागौं युवा नेपालका सदस्य सविन लामिछाने, एसओएस बालग्रामकी अन्जना पन्थ भण्डारी, मानवअधिकार समुह भानुकी सदस्य तुलसी गन्धर्व, मुस्लिम महिला समुहकी साहिदा खातुन र मादिसेती एफएमकी पत्रकार शर्मिला गुरुङ चयन भएका छन् ।

नियोकले निर्वाचन प्रक्रियाको समग्र पर्यवेक्षण गर्ने र निर्वाचनको दिन मतदान केन्द्रहरुमा पर्यवेक्षक परिचालन गर्ने सह संयोजक प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । नियोकले यस अघिका निर्वाचनहरुमा पनि पर्यवेक्षण गर्दै आईरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS