images
images
images

ट्याक्सी चालकलाई कुटेर ट्याक्सीसहित नगद र माेबाइल लुट्ने परियार पक्राउ

images

तनहुँ । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ९ निवासी घनश्याम सिग्देललाई कुटपिट गर्ने दुर्गाबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षिय ट्याक्सी चालक सिग्देललाई व्यास-१० बस्ने ३० वर्षिय दुर्गाबहादुर परियारले कुटपिट गरि ट्याक्सीसहित नगद र माेबाइल लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्गा बहादुर परियारलाई कास्कीको पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक स्थितमा रहेको जानकी होटलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी लुटी लगेको मोबाइलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिग्देलले चलाउदै आएको ग१ज ३६६५ नम्बरको ट्याक्सी रिजर्भ गरि लगेका परियारले तनहुँको भानु नगरपालिका १२ स्थित ओख्ले स्थित एकान्त स्थानमा लगि कुटपिट गरि ट्याक्सीसहित नगद र माेवाईल लुटेर भागेका थिए ।

ट्याक्सी चालक सिग्देलको टाउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाई उनको साथमा रहेको नगद, मोबाइल तथा ट्याक्सी समेत लुटपाट गरी चालकको परिवारलाई फोन मार्फत परियारले फिरौती रकम माग्दै आएका थिए ।

परियारले लिई गएको ट्याक्सी जिल्लाको भानु नगरपालिका वडा नं ६ सिमपानी स्थित कच्ची सडकमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका परियारलाई ज्यान मार्ने उद्योग तथा डाका चाेरी मुद्दामा म्याद थप गरि अनसन्धान गरिरहेको डिएसपी युवराज खड्काले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS