तनहुँ । तनहुँको दमौलीमा बिहीबार स्वतन्त्र युवाको समुहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध गरे छन् ।
बिहीबार दमौली बजार विरोध र्र्याली सहित परिक्रममा गरी एमसीसीको विरोध गरेको आयोजक मध्यका एक बादल आलेले जानकारी दिए । उनले भने ‘हामि राष्ट्रिय झण्डा बोकेर एमसीसीको विरोधमा उत्रिएका हौँ।’ पार्टीको कार्यकर्ता भएर होइन नेपाली नागरिक भएर एमसीसीको विरोधमा सडकमा आएको उनले बताए ।
एमसीसी अनुदान नभई लगानी भएको अर्का युवा किरण नेपालीके बताए । उनले भने ‘यसअघिको विदेशी लगानी संसदबाट पास हुन नपर्ने तर अहिलेको एमसीसी किन संसदबाट पास हुनुपर्ने ? भन्ने प्रश्न उठेको छ ।’
संसदमा टेबुल भएपछि एमसीसी पास हुने हो की भन्ने डर बढेको उनको बताए । एमसीसी पास गर्ने सोच बनाएका लाई खबरदारी गर्न नेपालीले आग्रह गरे । नेपाललाई एमसीसी जरुरी नभएको नेपालीले बताए ।
उक्त र्यालीमा नो एमसीसी, गो ब्याक अमेरिका, राष्ट्रघाती एमसीसी चाईदैन लगाएतका नारा लेखिएको प्ले कार्ड सहित विरोध गरिएको थियो ।