images
images
images

कक्षामा पढाउदा-पढाउदै ढलेकी शिक्षिकाको मृत्यु

images

तनहुँ । अध्यापनको क्रममा लडेकी शिक्षिकाको बुधवार विहान मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–६ ग्यारसिङस्थित अमरज्योती प्राविमा अध्यापन गराउदै आएकी २३ वर्षिय टेकुमाया कुमाल एक्कासी लडेकी थिइन् ।

करिव ११ बजे कक्षाकोठामै लडेपछि उपचारकोलागि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पु¥याउदा अस्पतालले मृत घोषणा गरेको हो ।

भिमाद–८ सिम्लेकी कुमालले अमरज्योती प्राविमा विगत २ वर्षदेखि निजि स्रोतमा रहेर पढाउदै आएकी थिइन् । ‘कक्षा ३ मा विहान पढाउदा पढाउदै एक्कासी ढल्नुभएको रहेछ, वडा नं. ६ का कार्यबाहक अध्यक्ष बुद्धि बहादुर थापाले भने, तत्काल एम्बुलेन्स मगाएर अस्पताल पु¥याउदा मृत्यु भइसकेको पुष्टि भयो ।’

मृतकको शव पोष्टमार्टकालागि दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS