तनहुँ । प्रगतिशील कानुन मञ्च (पिपिएलए) तनहुँको अध्यक्षमा अधिवक्ता शिवदत्त ढकाल चयन भएका छन् ।
मञ्चको आइतबार दमौलीमा भएको भेलाले ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा इन्द्राकुमारी थापा, सचिव त्रिभुवन श्रेष्ठ, कोषाध्यक्ष शंकर बास्तोला चयन भएका छन् ।
यस्तै, पिपिएलए तनहुँको सदस्यहरुमा हरिश्चन्द्र अर्याल, विष्णुभक्त सिग्देल र नारायण मरासिनी चयन भएका छन् ।