तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार ईकाईको सभापतिमा राजकुमार वाग्ले चयन भएका छन् । यसअघि विघटित दुलेगौँडा बजार ईकाई समितिको सभापति रहेका राजकुमार वाग्ले फेरी ब्युताईएको ईकाईमा पनि सभापति चयन हुन सफल भएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत रहेको ईकाईलाई विघटन गरेर यसअघि शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ स्थापना गरिएको थियो । नगर उद्योग वाणिज्य संघको मातहत रहनेगरि पुन ईकाईलाई ब्युताइएको हो ।
ईकाई गठनका लागि सोमबारको विशेष भेला असफल भएपछि मंगलबार वाग्लेको नेतृत्वमा बजाई ईकाई समिति गठन गरिएको हो । समितिको प्रथम उपसभापतिमा प्रकाश थापा र द्धितीय उपसभापतिमा गणेशकुमार श्रेष्ठ जिके, कोषाध्यक्ष सञ्जिव श्रेष्ठ चयन भएका छन् ।
समितिले नगर प्रतिनिधिमा टिकाराम श्रेष्ठ, सुवास गिरि र मनबहादुर श्रेष्ठलाई चयन गरेको छ । समितिका कार्यसमिति सदस्यहरुमा भने शारदा वाग्ले लम्साल, गितामाया कार्की, निराजन लामिछाने, लोकनारायण श्रेष्ठ, विष्णुहरि पाठक, मिना रोका सुनार, रमेश भण्डारी, हिमाकुमारी खनाल, चित्रकान्त गौतम र राजु भण्डारीलाई चयन गरेको छ ।
समिति चयनका लागि भएको भेलाले सचिव पदमा कृष्ण विकलाई चयन गर्ने निर्णय भएको जनाएको छ ।