images
images
images

तनहुँका २९ हजार बढी बालबालिकालाई कोरोना विरुद्धको पुर्ण खोप

images

तनहुँ । तनहुँमा १२ देखि १७ वर्षसम्मका २९ हजार भन्दा बढी बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत जिल्लामा २९ हजार २६३ जना विद्यार्थी लगायतका बालबालिकालाई पूर्ण खोप लगाइएको हो ।

पहिलो मात्रा मात्र लगाउने भने ३४ हजार ४४५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीका अनुसार व्यास नगरपालिकामा ७ हजार ७२५, शुक्लागण्डकी नगरपालिकामा ५ हजार ६२९, भानु नगपालिकामा ३ हजार ३९ जना र भिमाद नगरपालिकामा २ हजार ७ सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकामा २ हजार ३७९, ऋषिङ गाउँपालिकामा २ हजार २१, बन्दीपुर गाउँपालिकामा १ हजार ७०४, देवघाट गाउँपालिकामा १ हजार ४५४, म्याग्दे गाउँपालिकामा १ हजार ४०४ र घिरिङ गाउँपालिकामा १ हजार २०८ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । जिल्लामा ३९ हजार ४३४ जना सो उमेर समूहका बालबालिका रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै जिल्लामा १८ वर्ष माथिका २ लाख ९ हजार २१६ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने २ लाख २६ हजार ३९३ जनाले पहिलो मात्रा लगाएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS