images
images
images

वडासदस्य खनालद्वारा विद्यार्थीलाई खेलकुद पोशाक सहयोग

images

तनहुँ । तनहुँकाे म्याग्दे गाउँपालिका वडा नँ १ का वडा सदस्य विनोद खनालले महेन्द्र माविमा अध्यनरत विद्यार्थीहरूलाइ स्पाेर्ट ड्रेस खेलकुद पाेशाक सहयोग गरेका छन् ।

मंगलबार विद्यालयमा अायाेजित एक कार्यक्रमका बिच १ सय ५० जना विद्यार्थीलाई सदस्य खनाल र उनका धर्मपत्नी इन्दिरा खनालले संयुक्त रूपमा विद्यार्थीलाई खेलकुद पाेशाक सहयोग गरेका हुन् ।

सना-साना बाबुनानिलाइ यस किसिमको सहयोगले केही भए पनि हाैसला मिल्ला, प्रेरणा बढ्ला भनेर अाँफुले ब्यक्तिगत खर्च गरेर सहयोग गरेको खनालले बताए ।

अाफ्नाे बुवा स्वर्गीय पं.हरिभक्त खनाल यसै विद्यालयकाे संस्थापक प्राध्यापक भइ धेरै दुख तथा याेगदान गरेकाे र अाँफु पनि यसै विद्यालयमा कखरा सिकेकाे विद्यार्थी भएको हुँदा अाँफुले सहयोग गरेको सहयोगी खनालले बताए ।

खेलकुद पाेशाकमा ट्रयाकसुट रहेको छ । कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवसरण वाग्लेले जनप्रतिनिधि भएर गरिएको सहयोग भएको बताए । विद्यार्थीलाई खेलकुद ड्रेसकाे निशुल्क सहयोगले अभिभावकलाई समेत अार्थिक बाेझ कम हुने वाग्लेकाे भनाइ थियो ।

अाँफुहरू जनप्रतिनिधि भएको ५ बर्स पुग्न लागेको र चुनाबमा गरेको बाचा पूरा गर्दै कार्यकाल सफल बनाउने तिर लागेको वाग्लेले बताए ।

त्यसैको परिणाम गाउँपालिका बाट महेन्द्र माविलाई बजेट प्रयाप्त पार्न सफल भएको वाग्लेले दावि गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय राज खनालको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा सहयोगी खनालकाे धर्मपत्नी इन्दिरा खनाल , प्रअ साेमबहादुर थापा , शिक्षक देवनारायण श्रेष्ठ लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए ।

निशुल्क रूपमा ड्रेस पाउँदा विद्यार्थीहरू खुसि भएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS