images
images
images

व्यास नगरपालिकाको वैरेनी जग्गा एकीकरण आयोजना सहरी विकास मन्त्रालयद्वारा स्वीकृत

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वैरेनी जग्गा एकीकरण आयोजना सहरी विकास मन्त्रालयले स्वीकृत गरेको छ । व्यास नगरपालिकाले एकीकृत जग्गा विकास परियोजना अन्तरगत तयार गरेको वैरेनी जग्गा एकीकरण आयोजनालाई मन्त्रालयले सोमबार स्वीकृति प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

सहरी विकास मन्त्रालयले सोमबारको राजपत्रमा सूचना प्रकाशित गरि स्वीकृति प्रदान गरेको हो । जस अन्तरगत व्यास नगरपालिका वडा नं १० (साविक फराकचौर वडा नं ८ (घ) र (ङ)) अन्तरगतका जग्गाहरु रहेका छन् ।

पुर्वतर्फ व्यास मार्ग देखि ५० मिटर भित्रबाट सुरु फराक चौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ताहरु नगरपालिकाले जनाएको छ ।

पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु छन ।

यसैगरी उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरु छन भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ताहरु रहेको नगरपालिकाले जनाएको छ ।

वैरेनी जग्गा एकीकरण आयोजना अन्तरगत १ हजार ५ सय ३६ रोपनिको सम्भाव्यता अध्ययन भई पहिलो चरणमा २ सय ६१ रोपनिमा जग्गा विकास योजना लागु गर्न संघिय मन्त्रालयको सहमति प्राप्त भई राजपत्रमा प्रकासित हुन बाकिँ रहेकोमा फागुन २ गते राजपत्रमा प्रकाशित गरेर मन्त्रालयले सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।

उक्त कार्यप्रति व्यास नगरपालिकाले नेपाल सरकार सहरी विकास मन्त्रालयलाई आभार व्यक्त गरेको छ । व्यास नगरपालिकाले व्यवस्थित शहरीकरणको अभियानमा उक्त स्वीकृति कोसेढूङ्गा सावित हुने महसुस गरेको नगरपालिकाले जनाएको छ ।

उक्त आयोजना अन्तरगत व्यास ११ रानिगाँउमा ११२६ रोपनिको सम्भाव्यता अध्ययन भएको नगरपालिकाले जनाएको छ । साथै व्यास-६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोष मार्फत सहरी विकास विभागमा अगाडि बढाइएको र व्यास- ५ मानहुँकोटको गुरुयोजना समेत तयार भएको नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS