images
images
images

गल्बुबेसीमा टेकोको भरमा बिजुलीको पोल, जोखिममा स्थानीयको घर

images

तनहुँ । तनहुँको व्यास नगरपालिका-१ स्थित नव आदर्श टोलमा निर्माणाधिन नाला बिजुलीको पोल भएको स्थानबाट खनिएको छ । अहिले उक्त बिजुलीको पोल बासको टेकोको भरमा अडिएको छ । केहि डोरीले पनि बाधिएको छ । पोल अगाडीको घरको बरण्डामा अर्को बासको टेको लगाइएको छ ।

बिजुलीको पोल रहेको ठाउँबाटै नालि बनाउन लाग्दा पोल घर तिर ढल्किदै गएको हो ।

पोल ढलेको खण्डमा घरमा असर पर्ने उक्त घरका धनि दिपेश अधिकारीले बताए । उनका अनुसार गत माघ २० गते परेको पानिले उक्त पोल लच्किएको छ । सो लगत्तै बासको टेको र डोरीको सहायताको जोखिमपूर्ण तरिकाले पोललाई अड्याइएको उनी बताउछन । उनले थपे ‘एक हप्ता भईसक्यो अझै समस्या समाधन भएन ।’

पटक-पटक समिति र टोलमा कुरा राखेको तर सुनुवाई नभएको अधिकारीले बताउछन् । अहिले झन उक्त पोल आफ्नो घर तिर ढल्किदै आएको अधिकारीले बताए । उनले भने ‘बासको सपोर्ट हट्यो भने पोल घरमा सिधै आउछ ।’

तर यता उक्त ज्ञानगंगा चोकदेखि डाँडागाउँ सम्म पुग्ने नाला निर्माण समितिका अध्यक्ष रमेशचन्द्र हड्खलेले भने प्राविधिकको भनाई अनुसार काम गरेको बताउछन । उनले भने ‘विद्युतबाट आएका प्राविधिकले हेरेर जानुभयो, उहाँहरुले भने अनुसार काम गरेका छौं ।’


‘अब भोलि पर्सि सम्ममा बिजुलीको पोल भएको स्थान सम्ममा काम आईपुग्छ ।’ समितिका अध्यक्ष हड्खलेले भने ‘ढलान गरेर पोल त्यहि ठाउँमा ठड्याउछौ ।’

उनका अनुसार उक्त नाला ७० प्रतिशत व्यास नगरपालिकाको अनुदान र ३० प्रतिशत लागत सहभागितामा निर्माण भईरहेको छ । व्यास नगरपालिकाले ७ लाख ८० हजार दिएको समितिका अध्यक्ष हड्खलेले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS