images
images
images

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको खैरेनीटार बजार इकाइमा कायस्थ

images

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत सोमवार खैरेनीटार बजार इकाई समिति गठन गरिएको छ । खैरेनीटारमा आयोजित भेलामार्फत पूर्ण बहादुर कायस्थको नेतृत्वमा १३ सदस्यीय इकाई गठन गरिएको हो । उप–सभापतिमा गंगा राम श्रेष्ठ, सचिवमा प्रमोद लामिछाने, कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, नगर प्रतिनिधि पिताम्बर तिम्सिना र शान्त दाहाल चयन भए ।

सदस्यहरुमा बुद्धि कुमार श्रेष्ठ (सुबास),सोम प्रसाद श्रेष्ठ, बुद्धि कुमार श्रेष्ठ, ओम नाथ पौडेल, राम प्रसाद श्रेष्ठ, शिव बहादुर थापा, कुमारी गुरुङ श्रेष्ठ, सीता ढकाल र श्रीराम राना चयन भएका छन । इकाईका गतिविधिलाई प्रभावकारी बनाउन इकाई गठन गरिएको नगर उद्योग वाणिज्य संघका सचिव हरि बहादुर थापाले जानकारी दिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठले विधि र प्रक्रिया अनुसार व्यवसायिक हितमा संगगठन लाग्नुपर्नेमा जोड दिए ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष वशन्त ज्वारचनको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्त्र कुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का सदस्य रोजिना खातुन, कार्यक्रम संयोजक एवम् संघका द्धितिय उपाध्यक्ष हरि बहादुर खड्का, संघका उपाध्यक्ष समुन्द्र राम श्रेष्ठ, महिला उद्यमी अध्यक्ष वशन्ता श्रेष्ठ, खैरेनीटार महिला बिकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशिला गुरुङ, कपडा फेन्सी तथा कस्मेटिक ब्यवसायी संघ खैरेनीटारका अध्यक्ष चिरञ्जीवी रेग्मी लगायतले बोलेका थिए ।

images