images
images
images

बन्दीपुर गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न, ९ वटा विधेयक पारित

images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको दशौ गाउँसभा मंगलबार सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतामा उक्त गाउँसभा सम्पन्न भएको हो ।

सभाले गाउँपालिकाले तयार गरेको ९ वटा विधेकहरुलाई सर्वसम्मतीले पारित गरेको छ । हिउँदे अधिवेशनले स्थानीय खेलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि २०७८, बन्दीपुर गाउँपालिकाको छात्राबृत्ति वितरण सम्बन्धि कार्यबिधि २०७८, बन्दीपुर गाउँपालिकाको खाने पानि तथा सरसफाई र स्वच्छता सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७८, बन्दीपुर गाउँपालिका भुमि विधेयक २०७८, बन्दीपुर गाउँपालिकाको वन ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७८, भवन निर्माण मापदण्ड २०७८, कृषि तथा पशुपंक्षी ऐन २०७८, बन्दीपुर गाउँपालिकाको प्रशासकिय कार्यबिधी नियमित गर्ने ऐन २०७८ र बन्दीपुर गाउँपालिका कर्मचारी सेवा ब्यवस्थापन गर्न बनेको ऐन २०७८ सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताका बिचमा भनेका कुरा शतप्रतिशत गर्न सफल भएको बताए । उनले भने ‘हामी चुनावमा जाँदा गरेका प्रतिवद्धता शतप्रतिशत पुरा गरेको जस्तो लाग्छ ।’

उनले भने ‘देशमा कयौं पालिकाले एउटापनि सभा गर्न नसकेको अवस्थामा हामिले ५ वर्षमा दशै वटा गाउँ अधिवेशन गर्न सक्यौं ।’ अध्यक्ष थापाका अनुसार बन्दीपुर गाउँपालिका २० वर्षे गुरुयोजना बनाएर अघि बढेका छ । उनले थपे ‘गुरुयोजना बनाउदा सबैसंग छलफल गरेर अघि बढेका छौं ।, यो हाम्रो मात्रै गुरुयोजना होइन, पुरै बन्दीपुरेको योजना हो ।’

‘बन्दीपुर गाउँपालिकाले आधारभूत काम गरेको छ ।’ अध्यक्ष थापाले भने ‘अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज हुने वातावरण तयार गरेका छौं ।, अब हामिलाई जस्तो असहज अवस्था आउदैन ।’

विभिन्न व्यक्ति संस्थालाई सम्मान

दशौँ गाउँ सभाको आसरमा बन्दीपुर गाउँपालिकाले विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्था तर्फ बन्दिपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. बिमल दुवाडी र ल्याब टेक्नीसियन सुनिल थापा र कुकुर्दी सामुदायीक स्वास्थ्य केन्द्रका अ.हे.ब. अर्जुन गुरुङ्गलाई सम्मान गरेको छ ।

त्यस्तै पत्रकारहरुमा न्युज कारखानाका विनोद ढुङ्गाना, दमौली एक्सप्रेसकी सुनिता आचार्य, प्रादेशिक खबारकी शिला वाग्ले, ईच्छाकामना अनलाईनका चित्र गुरुङ्ग र तनहुँ उद्घोष दैनिक र रेडियो नेपालकर्मी किरण श्रेष्ठलाई सम्मान गरेको छ ।

कृषि तर्फ बन्दिपुर-५ को मिलिजुली कृषक समुह, बन्दिपुर-२ को मकुन्देश्वरी कृषि अर्गानीक फर्म (सामुहिक), बन्दिपुर-१ को हरियाली कृषक समुह, बन्दिपुर-१ को ढकाल नर्सरी (दामोदर ढकाल), बन्दिपुर-५ को आँधीमुल तरकारी उत्पादक कृषि सहकारी संस्था सम्मानित भएका छन् ।

पशु तर्फ बन्दिपुर-५ को याम्पा दुग्ध उत्पादक सहकारी संस्था, बन्दिपुर-५ को भट्टराई मल्ट्री एग्रो फर्म र बन्दिपुर-६ का नबिन गुरुङ्ग सम्मानित भएका छन् । शिक्षा क्षेत्र तर्फ पवित्रा मा.वि., बन्दिपुर-४ को जगदिश्वर आ.वि, पवित्रा मा.विका शरद चन्द्र खनाल, भँगेरी प्रा.वि.का टिकाराम गिरि र अरुण मा.वि.का विष्णु गुरुङ्ग सम्मानित भएका छन् ।

उपभोक्ता समुह अन्तर्गत ज्योति मार्ग, सुर्यकुमारको घरबाट कोखा गाउँ जाने बाटो, शेराटार हेमपाईप निर्माण, जुमडाँडा खानेपानी उपभोक्ता समिति, याम्पा खानेपानी र ज्ञान्पादेखि साम्दी मोटर बाटो उपभोक्ता समिति सम्मानित भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बन्दिपुर-३ को हिम शिखर सहकारी संस्था पनि स्ममनित भएको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुर, डुम्रे प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक बिरेन्द्र खड्का र ईलाका प्रहरी कार्यालय.बन्दिपुरका युवराज सलामीलाई गाउँपालिकाले सम्मान गरेको छ ।

त्यसैगरी फोहरमैला सवारी चालक सुजन कुसुले र सुक बहादुर कसाई पनि सम्मानित भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS