images
images
images

तनहुँमा गाजा र लागुऔषध सहित ३ जना पक्राउ

images

तनहुँ । तनहुँका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गाजा सहित एक र लागुऔषध सहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जाको हरिनास गाउँपालिका-४ बस्ने १८ वर्षीय प्रदीप मानन्धर गाजा सहित पक्राउ परेका हुन् । रामपुरबाट पोखरा जाँदै गरेको ग १ ख ७७२१ नम्बरको बस शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा चेकजाँच गर्दा प्रहरीले मानन्धरलाई ९७० ग्राम गाजा सहित पक्राउ गरेको हो ।मानन्धरलाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो ।

यस्तै लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहरा सार्की रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट पुलजीपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले निजहरुको साथाबट २५ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनरागन बरामद गरेको छ | पक्राउ परेकाविरुद्ध मंगलबार नै तनहुँ अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS