images
images
images

कांग्रेस बन्दिपुरका सभापति खत्रीलाई मातृशोक

images

दमौली । नेपाली कांग्रेस बन्दिपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्रीलाई मातृशोक परेको छ । खत्रीकी आमा लालमती खत्रीको आइतबार ७३ बर्षको उमेरमा निधन भएको थियो ।

स्व.खत्री प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो अवसरमा महासमिति सदस्य रामचन्द्र अधिकारी, सचिवद्धय सहदेव अधिकारी, लक्ष्मी भक्त खनाल, जिल्ला सदस्यहरु डम्बर अधिकारी, शिव खत्री, बन्दिपुर गाउँ कार्य समितिका सचिव कर्ण गुरुङ लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैगरी के.स.भण्डारी आइतबार आँबुखैरेनी निवासी कांग्रेसका पुराना नेता ढुण्डीराज अधिकारीको १३औं दिनको पूण्यतिथीमा समेत सहभागी भएका थिए । सो अवसरमा के.स.भण्डारीले पार्टीमा योगदान पुरयाएका व्यक्तिको उच्च मूल्याङकन हुनुपर्नेमा जोड दिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS